- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
दुई देशको संयुक्त पत्रकारमा बोल्दै मोदीले दुई देशबीच कुनै पनि अड्चन आउन नहुने बताए ।
९ वर्ष अघि नेपालको भ्रमण गरेको सम्झना गर्दै मोदीले ४५० मेगावाट किनेको बताए ।
दुवै प्रधानमन्त्री दुवैले महत्त्वपूर्ण निर्णय गरेको उनले बताए ।
'ट्रान्जिट एगर्रिमेन्टमा सम्झौता भएको छ । नयाँ रेल लंक स्थापना गर्ने सहमति छ ।' मोदीले भने ।
१० हजार मेगावाट विद्युत् किन्न लक्ष राखेको मोदीले बताए ।
प्रचण्ड र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि कार्गो रेल पनि छुटेको छ ।