arrow

मोदी भन्छन् – रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिइन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
prachanda-modi-2080-02-18.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिइने जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रूत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत छ । यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रूत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ