arrow

नेप्सेमा आशा पलायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्ला दिनको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै नेप्सेमा रहेका सबै उपसूचकमा बिहीबार हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १।९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले बढेको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एसिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ