arrow

नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
chamber-of-commerce-vietnam-ambassador-2080-02-18.jpg

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको हो । 

हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवृद्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए ।

दुई मुलुक बीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । 

बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबीच सहकार्य गर्नसमेत अध्यक्ष मल्लले हायसँग प्रस्ताव गरे ।  
उनले भने, ‘दुई मुलुकबीच कटनीतिसँगै उच्चस्तरीय व्यापारिक साझेदारी हुँदै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरु पनि प्रशस्त हुनुहुन्छ । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आकर्षित गर्न सकिन्छ ।’

चेम्बर पदाधिकारीहरुसँगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । 

नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धिगर्न सहयोग गर्ने हायको भनाइ छ ।

हायसँगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ