arrow

आफ्नो बचाउ गर्न एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
uml-sachibalaya-2080.jpg

काठमाडौं । आफ्नो बचाउ गर्न नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । पुशपति जलहारी, नक्कली शुटानी शर्‍णार्थी पक्रमरण, ओम्नी काण्ड लगातका भ्रष्टाचारका बिभिन्न बिषयमा एमाले नेता कार्यकर्ता फसेपछि त्यसको बचाउ गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । 

बैठक आज बिहान साढे ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ । बैठकले भ्रष्टाचारका बिषय, पार्टी संसदमा कसरी प्रस्तुत हुने, वार्षिक कार्य योजनालाई अन्तिम रूप दिनुको साथै केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्नेछ । एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् । पुशपति जलहारीमा भ्रष्टाभार भएको माओवदीका सा्सदले प्रश्न उठाएपछि एमालेले संसद नै अवरोध गरेको थियो । 

नक्कली भुटानी शर्णार्थी मुद्दामा आफ्ना सचिव टोपबाहादुर रायमाझी मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटकपटक भेटका थिए । नक्कली भुटानी शर्णाथी प्रकरणको मुद्दा अदालतमा बिचारधिन हुदा एमालले सदनमै वयान बाजी गरेको थियो । संसदमा कान्टोमेन्टमा भएको लडाकु भ्रष्टाचार प्रकरणलाई उडाएर विषयान्तर गर्न खोजे पनि प्रचण्ड अडिग रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ