arrow

पोखरा भलिबल ट्रेनिङ सेन्टरलाई उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
volleyball.jpg

पोखरा । द्वितीय ग्यालेक्सी एसईई भलिबल प्रतियोगिताको उपाधि पोखरा भलिबल ट्रेनिङ सेन्टरले जितेको छ । 

पोखरास्थित न्यू ग्यालेक्सी स्कूलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जनकल्याण युवा क्लवलाई सोझो सेटमा पराजित गर्दै पोखरा भलिबल ट्रेनिङ सेन्टरले उपाधि जितेको हो । 

आठ टिम सहभागी प्रतियोगिताको फाइनलमा पोखरा भलिबल ट्रेनिङ सेन्टरले जनकल्याणमाथि २४-१९, २४-२६ र १८-२४ को सेटमा जित हासिल गरेको हो । 

विजेताले नगद १० हजार र उपविजेता जनकल्याणले पाँच हजार रुपैयाँ पुरस्कार पायो । 

प्रतियोगितामा जनकल्याणका क्रिस मल्ल ठकुरी सर्वोत्कृष्ट र पर्वत कुँवर वेष्ट स्पाइकर खेलाडी घोषित भए । 

उनीहरुलाई जिल्ला खेलकुख विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, न्यू ग्यालेक्सी स्कुलका प्राचार्य डा. रामजी शर्मा, सहायक प्राचार्य राजेश भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए । 

सो अवसरमा प्रमुख अतिथि बानियाले खेलकुद खेल्नका लागि नभइ मनोरञ्जन र स्वास्थ्यका लागि पनि भएको बताए । उनले भलिबल खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रतियोगिताका लागि खेलकुद विकास समितिले ध्यान दिने स्पष्ट पारे । 

विद्यालयका प्राचार्य डा. शर्माले विद्यालयबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदसँगै अध्ययनलाई पनि निरन्तरता दिन खेलाडीहरुलाई आग्रह गरे । 

आर्थिक अभावका कारण कक्षा ११ र १२ को अध्ययनबाट बञ्जित हुन नपर्ने भन्दै त्यस्तो भएमा विद्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे । 

कार्यक्रममा विद्यालयमा सहायक प्राचार्य भण्डारी, शैक्षिक विभाग प्रमुख भरत भण्डारी र प्रतियोगिता संयोजक क्या. वीरबहादुर गुरुङले खेलकुदका साथै विद्यालयको शैक्षिक गतिविधिमाथि प्रकाश पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ