arrow

एमाले केन्द्रीय सदस्यमा थपिए १३ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
uml-sachibalaya-2080.jpg

काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो । 

योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए पनि एक जना निलम्बनमा छन् । 

पार्टीको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य तीन सय १ जना रहेका थिए । तीमध्ये १९ सचिवालय सदस्य छन् । जसमा एक जना (सचिव टोपबहादुर रायमाझी, नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाले) निलम्बनमा छन् । त्यस्तै ४२ सदस्य स्थायी कमिटीमा रहेका छन् । 

शुक्रबार मनोनित केन्द्रीय सदस्यहरुमा 

१, मुकुन्द न्यौपाने, भोजपुर

२, प्रेमबहादुर सिंह, कालिकोट

३, भागवत विश्वासी, दाङ

४, चुणामणि जंगली, कास्की

५, हेमराज राई, भोजपुर

६, ठम्मर विष्ट, सुर्खेत

७, अजय गुप्ता, रौतहट

८, एकवाल मिया, बारा

९, गणेश खनाल, गुल्मी

१०, प्रेम तामाङ, रसुवा

११, यमबहादुर परियार, चितवन

१२, सुरेन्द्र मानन्धर, काठमाडौं

१३, उमाशंकर अरगरिया, धनुषा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ