arrow

एमाले नेताहरुको जिम्मेवारी कर्मचारीको सरुवा जस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले पार्टीका नेताहरुलाई भूगोलबाट अलग गर्ने गरी जिम्मेवारी दिएको छ । निजामती कर्मचारीहरुको सरुवा गरेको जस्तोगरी भूगोलबाट रहनेगरी जिम्मेवारी दिएको हो । 

एमालेभित्र यस्तो जिम्मेवारीको मोडल एक पकट असफल भैसकेको थियो । तर पनि शुक्रबार बसेको सचिवालय बैठकले विपरित भूगोलको जिम्मेवारी दिएर नेताहरुलाई जिम्मेवारी दिएको हो ।

यसअघि ग्रासरुट गत फागुन–वैशाखमा अभियान सञ्चालन गर्दा एमालेले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेताहरुलाई विपरित क्षेत्रमा खटाएर त्यहाँको पार्टी कार्यकर्ताको वस्तुस्थितिबारे जानकारी लिएको थियो । 

अहिले पनि प्रादेशिक भूगोलमात्र फेरेको छैन, नेताहरुलाई इन्चार्जसीपको जिम्मेवारी दिदा पनि आफ्नो भूगोलबाट अलग गरिएको छ ।   

शुक्रबार बसेको बैठकले नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ । सचिवालय बैठकले  सचिवहरूलाई प्रदेश इञ्चार्जको जिम्मेवारी र पोलिटव्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्जको जिम्मेवारी दिदा भूगोलबाटै अलग गरिएको हो । 

मधेश प्रदेशका सचिव रघुवीर महासेठलाई पठाइएको छ भने  मधेसमा योगेश भट्टराईलाई पठाइएको छ । जबकि योगेशलाई कोशी प्रदेशको इन्चार्ज बनाएको भए उनका लागि भूगोलसँगको सम्बन्ध कसिलो बनाउन सजिलो हुन्थ्यो । 

गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल तोकिएकी छिन् । गण्डकी र लुम्बिनी भौगोलिक हिसाबले खासै टाढा र फरक नभए पनि पार्टीको बलियो संगठन भएका दुवै प्रदेशमा खटिएका सचिवलाई भूगोलबाट टाढा बनाइएको छ । 

यस्तै कर्णालीको इञ्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । उनीहरुका लागि यी दुवै भूगोल अपरिचित रहेको छ । भट्ट माओवादीको समयमा सुदुरपश्चिम इन्चार्ज थिए, एमालेमा प्रवेश गरेपछि पनि त्यही प्रदेको इन्चार्ज भए । 

तर अहिले उनलाई कर्णाली पठाइएको छ । विश्वकर्माले सुदूरको भूगोल टेकका छैनन् । उनका लागि पनि त्यहाँ परिवेश सिर्जना भएको छ । अहिले एमालेका लागि सुदुरपश्चिम प्रदेश निकै कमजोर बनेको छ । भीमबहादुर रावललाई पार्टीबाट टाढा राखेपछि एमालेको संगठन कमजोर बनेको हो । 

संगठनमा योग्य रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई संसदीय विभागको जिम्मेवारी दिइएको छ भने संगठन विभागमा काशीनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ । 

एमालेले स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिएको छ । अहिले एमालेभित्र ३१४ जना केन्द्रीय सदस्य रहेका छन् । 

जसमा ४२ जना स्थायी कमिटी सदस्य छन् । उनीहरु सबैलाई विभागीय जिम्मेवारी खटाउने गरी अन्तरपार्टी निर्देशन (अपानी) पठाउने तयारी भएको छ । लामो समयदेखि केन्द्रीय सदस्यहरुले जिम्मेवारी नपाएको अवस्थामा उनीहरुलाई पालिकाको इन्चार्ज दिएर पठाउनन लागिएको हो । उनीहरु सबैको अनुगमन पार्टी उपाध्यक्षहरुले गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ