arrow

बुद्धशान्तिमा सवारी दुर्घटना, दुईको मृत्यु 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० जेठ २० शनिबार
accident-jhapa-2080-02-19.jpg

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित सय पत्री चौकमा सवारी दुर्घटना हुँदा एक बृद्धको ज्यान गएको छ । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका सडक खन्ड अन्तर्गत  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नं १–०१–०१४ प १७६४ को मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री स्थानीय वर्ष ६५ का बलबहादुर बस्नेतलाई ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्कर लागेका बलबहादुरको टाउको र अनुहारमा चोट लागेको थियो । मोटरसाइकलले ठक्कर दिएपश्चात् अचेत अवस्थामा रहेका  वृद्ध बलबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाँदा  दिउँसो  करिब  २ः३० बजे मृत्यु भएको जनाइएको छ । 

वृद्धलाई ठक्कर दिएर दुर्घटना गराउने मोटरसाइकल चालक गौरादह नगरपालिका वडा न  ४ निवासी  अन्दाजी वर्ष ३० का संदेश तुम्बापोलाई  प्रहरीले  नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिका वडा न  १ मा  भएको मोटरसाइकल दुर्घटनामा परी एक विद्यार्थीको मृत्यु भएको छ । वडा नं १ स्थित शान्तिचोकमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी एलिसा अधिकारीको गएराति मृत्यु भएको हो । 

उपचारको क्रममा उनको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीता रमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ