arrow

राष्ट्रिय पुरुष भलिबल भक्तपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
volleyball-game.jpeg

भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।

सूर्यविनायक नगरपालिका-४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २० टोली सहभागी हुने बताइएको छ ।

समाजका अध्यक्ष अर्जुन केसीले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ