arrow

सत्यवतीमा जीप दुर्घटनाः  तीनको मृत्यु, ११ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
accident-final-1618290232.jpg

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

उनीहरूको पहिचान खुलेको छैन । सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जीप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । 

घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ