arrow

यी हुन् सत्यवती जीप दुर्घटनाका मृतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
accident-final-1618290232.jpg

पाल्पा ।  पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । 

अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
       
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो । 

दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी- १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।  संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
       
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ