- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोलिरहँदा अवरोध भएको छ । सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनीमाथि अवरोध भएको हो ।
संसदमा एक सांसदले बोलेका बेलामा अर्को सांसदले अवरोध गर्न पाइँदैन । तर प्रधानमन्त्रीले प्रश्नको जवाफ दिँदा नै सांसदहरुले आपत्ति जनाउँदै अवरोध गरेका हुन् ।
‘मेरा कुरा सुनेपछि बोले भैगो नि’ भनेर पटक पटक प्रधानमन्त्रीले भने पनि विरोध भइरहेको हो । सभामुखलेसमेत आग्रह गरिरहँदा विपक्ष दलका सांसदहरुले मानेनन् ।
सभामुखले भने, ‘तपाईहरु सबै कराएपछि तपाईहरु त्यहीँ दोहोरी खेलेर कसरी हुन्छ ?’