arrow

करेन्टले गर्‍यो वाइवाइ चाउचाउ ट्रेडमार्कको नक्कल, मुद्धा दायर  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
waiwai-current-noodles.jpg

काठमाडौं । यशोदा फुड्स प्रालीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वमै लोकप्रिय हुँदै गएको वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको छ । 

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ विश्वभर छरिएका नेपालीमाझ विगत चार दशकदेखि पहिलो रोजाइमा रहँदै आएको छ । 

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरेको हो । 

करेन्ट चाउचाउले आफूलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो ।

वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रालीले उद्योग विभागमा मुद्धा दायर गरिसकेको छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ । 

उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुबहु नक्कल गरी प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिबाना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफतहुने व्यवस्था गरेको छ । 

सीजी फुड्सले यही कानूनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । 

कानूनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योगका विभागका महानिर्देशकलाई तोकेको छ ।  

विभागसम्वद्ध अधिकारीहरूका अनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्धा लामो समयदेखि विचाराधीन अवस्थामा छ । जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ । 

ठूला र स्थापित ब्राण्डका उत्पादनप्रति उपभोक्ताको विश्वास हुन्छ । उक्तविश्वास आर्जन गर्न कम्पनीले लामो सयम र ठूलो वित्तीय लगानी गरेका हुन्छन् । 

त्यसको दुरूपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ । 

पछिल्लो समयमा नेपाली बजारमा स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ