arrow

रेलमा आगलागी, सुरुङबाट दुई सय यात्रु निकालियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
fire-austraia-train.jpg

काठमाडौं । रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ । अष्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो । 

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरुको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ । 

ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटेपछि आगलागी सुरु भएको हो । 

‘यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तिनै तारका केबलबाट आगलागी सुरु भएको थियो’, रेलका स्थानीय प्रवक्ताले भने।

 उक्त रेलमा आगलागी भएपछि १ घन्टा भन्दा बढी समय लगाएर आगो निभाइएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ