arrow

कांग्रेसको समस्या नीति अधिवेशनबाट समाधान हुन्छ – सहमहामन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
badree-pandey-2080-02-25.jpg

प्यूठान । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कांग्रेस अहिलेसम्म मुख छोपेर हिँड्ने अवस्थामा नरहेकोले राष्ट्र र राष्ट्रियताका पक्षमा दृढ रहेको बताएका छन् । 

नेपाली कांग्रेस प्यूठानको बिजवारमा सम्पन्न भएको तेश्रा जिल्ला सम्मेलनको उद्घाटन गर्दै पाण्डेले देशलाई हरेक समस्याबाट निकास दिने काम कांग्रेसले गरेको हुँदा अहिलेको अवस्थामा पनि देश र जनहित विपरीत काम गर्न पार्टीका जुनसुकै तहलाई छुट नभएको बताएका छन् । 

अहिले देखिएका पार्टीभित्रका समस्या पार्टीको नीति अधिवेशनबाट हल गर्ने बताएका छन् ।

कांग्रेससले यदि राष्ट्रियताको पक्षमा कमजोरी गरेको भए स्वेतपत्र जारी गरी समस्याको निराकरणमा लाग्ने बताएका छन् । 

सम्मेलनले विभिन्न नीति तथा कार्यक्रम बनाउने र पार्टी सबल सक्षम सङ्गठित बनाउने कांग्रेस प्यूठानका सभापति  विष्णुकुमार गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ