arrow

लू लागेपछि नेपालगञ्जमा विद्यालयमा फेरि बिदा 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० जेठ २६ शुक्रबार
nepaljung-2080-02-26.jpg

नेपालगञ्ज । नेपालगञ्जमा गर्मी बिदा फेरि थप गरिएको छ । गर्मी अत्याधिक बढेपछि जेठ ३१ गतेसम्म बिदा थप गरिएको हो । 

यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा पुनः २६ गतेसम्म थपिएको थियो । आज फेरि चार दिन बिदा थपिएको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । 

चालु शैक्षिक सत्रको गर्मी बिदामा समायोजन हुने गरी बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । 

दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको थापाले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा आगामी पाँच दिन तातो हावा (लू) यथावत रहने देखिएको र जिल्ला  प्रशासन कार्यालय बाँकेबाट पूर्व सावधानी अपनाउन सार्वजनिक अपील जारी गरिएकाले बिदा थपिएको शिक्षा महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ