arrow

दुर्घटनामा पूर्ववडाध्यक्ष क्षेत्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
bishnu bdr chhetri.jpg

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटना हुँदा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता विष्णुबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोर निर्माणका क्रममा ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्नेक्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिँदा क्षेत्री गम्भीर घाइते भएका थिए । 

उनको कालीगण्डकी अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

कालीगण्डकी करिडोरको सेतीबेनी-मिर्मी सडक खण्डअन्तर्गत गल्याङ-५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए । 

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ-५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ