arrow

फ्रेन्ड्स विजयी, एपीएफ रेलिगेसनको खतरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
a-division-league-friends-s.jpg
तस्वीर फाइल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक/एक गोल गरे । खेलको १५औँ मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जित दिलाए । यस जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ । पराजित एपीएफको रेलिगेसनको खतरा कायम छ ।

एपीएफले २६ खेलमा ३० अङ्क जोडेको छ । यस जितसँगै फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपीएफको भने रेलिगेसनको खतरा कायम छ । समान ३० अङ्क रहेको एपीएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ