arrow

प्रचण्ड मन्त्रीहरुसहित पशुपतिनाथ मन्दिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
prachanda-pashupati-2080-02-27.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् । उनले पशुपतिको दर्शन गरेका छन् । 

उनलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए । 

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए । 

उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी थिए ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

भारत भ्रमणका क्रममा जेठ १९ गते उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेपछि प्रचण्ड चर्चामा छन् । उनले प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्र नै धारण गरेका थिए । प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका थिए ।

सो मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण दिएका छन् ।  

प्रधानमन्त्री प्रचण्डले भने, ‘ म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेट्नु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरु वस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोसिस गरे । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अरब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे रु सहज ढङ्गले गर्दा सबै खुसी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझ्नु पर्दछ ।’

सो क्रममा उनले नेपालबाट लगेको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरे। भारतको १२ ज्योतिर्लिङ्ग मध्ये महाकालेश्वर पनि एक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ