arrow

अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
prakash-sharan-mahat-parliament-2080-01-27.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । 

संसदमा यसपालि सांसदहरुबीच निकै नै चर्काचर्की परिरहेको छ । उनीहरुबीच बजेटमा मात्र नभइ पहिलेदेखिका रीसराग पनि बाहिर निकालिरहेका छन् । 

यसपटक सत्ता बाहिरका प्रतिपक्ष दलहरुले बजेट पारित हुन नदिने अडान लिइरहेका छन् । बजेट फेरि लेख्नका लागि पनि माग गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ