arrow

एमालेमा रुवाबासी चलिरहेको छ : नेपाल

नेकपा ब्युँताउन माधव तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
madhav-nepal-always-2079-12-04.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रुवाबासी चलिरहेको बताएका छन् । शनिबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 


उनले भने, “कसै-कसैलाई लागेको छ, हाम्रो पार्टी अरू कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । तर हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ ।”

उनले  कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेर हद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए । 

उनले चार वटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताए । अध्यक्ष नेपालले भने, “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चार वटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाआँै, सडक, संसद्मा आवाज बुलन्द गराँै र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ