- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कमपाका मेयर बालेन शाहलाई सलाम भनेका छन् । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले बालेनको कामलाई सलाम भनेका हुन् ।
गिरीले भने,' म आफूलाई झोले सांसद भन्न चाहन्छु । एक बुढी आमैको फोन आउँछ राति दु:ख सुनाउँछिन् , अर्को फोन आउँछ मेरी बुहारी हराएको २७ दिन भएको छ भन्छन् ।' गिरीले थपे,' म सलाम गर्छु बालेनजीलाई हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइ दिनुभयो । हाम्रो काम गराइ नै यस्तै छ ।'
उनले आगामी बजेट १० बजे आउनुपर्ने बताएका छन् । ' बजेट नालायक आएको होइन । सबै भूभागलाई समेटेर आउनुपर्यो । म प्रजातन्त्रको लागि लडेको हुँ, यो मुलुकमा सधैँ बजेट भाषण ४ बजे हुने, किन यो ४ बजे हुने ? कारण के रहेछ भने मैले हेरे जति बेला भारतमा कम्पनी सरकारको शासन थियो त्यति बेला ४ बजे हुँदो रहेछ । त्यति बेला इंगल्यण्डमा १० बजे हुँदो रहेछ त्यो सुन्न आवश्यक रहेछ । अब हाम्रो बजेट ४ बजे होइन १० बजे आउनु पर्यो ।'