- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । पाल्पा कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट प्रहरीले अवैध मल सहितको ट्रक नियन्त्रणमा लिएको छ । शनिबार बिहान नवलपरासीबाट रामपुरतर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
चेक जाँचको क्रममा हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । ३ सय ७२ बोरा भारतीय रसायनिक मल फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।
उक्त रासायनिक मल तस्करमा रामपुर नगरपालिकाका एमाले नगर सचिव प्रितिनाथ श्रेष्ठ संलग्न रहेको पाइएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।