arrow

लेखकको पुरस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
bairagi kaila.jpg

काठमाडौं । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । 

मंगलबार गोरखापत्र संस्थानको प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताएका हुन् । 

उनले भने,‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन् । पारिश्रमिक नियमित हुन्छ । त्यसमा ऐन बमोजिमको कर लाग्दा हुन्छ । पुरुस्कार भनेको फाटफुट पाइन्छ । २० वर्षमा पछि समेत पाइन्छ । गोरखापत्र स्थापना भएको ५० वर्षपछि उहाँले सम्मान पाउनुभयो । अनि के को पुरस्कारमा कर लगाउनु पर्‍यो । राज्यको कर लाग्ने नियमित आम्दानीमा हो । भेटेको पैसामा के को कर ? यस्तो कुरा पुरस्कार दिने संस्थानहरुले ध्यान दिनुपर्छ । मैले अहिलेसम्म धेरै पुरस्कारहरु पाए । तर कुनै पनि संस्थानहरुले तोकिएको आयकर कट्टा गरेर तोकिएको रकममा बाँकी रकम दिएन । एक लाख पुरस्कार घोषणा अनुसार एक लाख रुपैयाँ नै दियो । तोकेर दिने पुरस्कार बराबरको रकम दिनुपर्छ । कर कट्टी गर्ने रकम आफ्नै खातामा लगाउँदा हुन्छ । अब सरकारलाई लेखकहरुले कर कति दिनुपर्ने हो । १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आम लेखकहरु पीडित छन् । नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन नकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिएपनि उनीहरुले लिने गर्छन् ।’

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ ।

गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ