arrow

पोखरामा नक्कली परीक्षार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लोक सेवा आयोगको परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका वडा नं. ३ लुमका २५ वर्षीय पदम बुढा रहेका छन् । 

अर्काको नाममा परीक्षा दिएकोमा भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ९ बयलकोटी घर भएका १८ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

मंगलबार वन सेवाअन्तर्गत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्चालित विज्ञापन नं. १४५–१५३/०७९/८० को वन रक्षकको शारीरिक तन्दुरुस्ती परीक्षामा उनीहरु सहभागी भएका थिए ।

परीक्षार्थीहरुको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर उनीहरु परीक्षामा सहभागी भएको प्रहरीले जनाएको छ । 

प्रहरीले पदमसहित ती किशोरलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान थालेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ