arrow

देउवाले थपे महिला संघमा ५२ सदस्य [नामावलीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रैसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ सदस्य थपेका छन् । देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थपिने सदस्यहरुमा डा अमिता प्रधान, अमृता थापा मगर, उमा शिवाकोटी, उर्मिला प्रधान, एलिजा अधिकारी, कमला तिवारी, कल्पना नेपाली, किरण सरकार, गीताकुमारी गुरुङ, गीता श्रेष्ठ, चन्द्रादेवी जोशी र चिनु पोखरेल रहेका छन् । 

यस्तै छाया सुनार, छिरिङ फुटिक शेर्पा, ज्वाला पाण्डे, तारा थपलिया, दिपशिखा शर्मा ढकाल, निनु कर्ण, नवोदिता चौधरी, पवित्रा पौडेल ढकाल, पार्वती आचार्य, पार्वती चन्द, पुष्पा थारु, प्रमिला महतो, भगवती केसी, भागिरथा अधिकारी, भावना शाही, भारती जोशी, मथुरा विष्ट र मञ्जु नेपाल मनोनित भएका छन् ।

त्यस्तै माया केसी, मीना सिंह प्रजापति, मिरा चन्द, मुन्नी गुप्ता, रमा अर्याल, राधा कार्की, राधा कुँवर, रञ्जिता गिरी, रिता शाही, रीसा श्रेष्ठ, लक्ष्मी बाराकोटी प्रसाईं, लिलाकुमारी नेपाल, वसन्ती भण्डारी, विमला गैरे, सनिसा भेटवाल, सरस्वती बस्नेत (सरु), सरिता आङ्दम्बे, सीता घिमिरे, सीता भुषाल, सुष्मा तिवारी, सुस्मिता थापा र संगीता तामाङ मनोनित भएका छन् । 

थप नामावली पछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ । 

देउवाले उपचारका लागि सिंगापुर उड्नुअघि महिला संघमा सदस्यहरु मनाेनित गरेका हुन् । 

 



नयाँ