arrow

बागमतीको ट्रेड युनियन कांग्रेस नेतृत्वमा गणेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
trade-union-congress-bagmati-2080.jpg

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको नेतृत्वमा गणेश भट्टराई आएका छन् । मंगलबार भएको दोस्रो प्रदेश अधिवेशनबाट भट्टराई नेतृत्वमा निर्वाचित भएका हुन् । 

उनले प्रतिस्पर्धी लिलानाथ चौलागाईंलाई ११ मतले पराजित गरे । खसेका ४०९ मतमध्ये भट्टराईले १९२ र चौलागाईंले १८१ मत प्राप्त गरे । 

यसैगरी उपाध्यक्ष ओमप्रसाद शर्मा अधिकारी, कुमारप्रसाद पौडेल, महिला उपाध्यक्ष तारा केसी (शिला), उपाध्यक्ष (सेवा) तर्फ तुलसी अधिकारी , उपाध्यक्ष (उत्पादनततर्फ) निमा लामा, उपाध्यक्ष (अनौपचारिकतर्फ) ख्यामराज सुवेदी निर्वाचित भएका छन् । 

सचिवमा विश्वहरी घिमिरे, सहसचिवमा रमेश घिमिरे, महिला सहसचिवमा तारा भण्डारी , सहसचिव (सेवातर्फ) ऋषिराम गिरी, सहसचिव (उत्पादनतर्फ) उदयबहादुर लामा, सहसचिव (अनौपचारिकतर्फ) अनिलकुमार झा, कोषाध्यक्षमा रमेश खनाल , सहकोषाध्यक्षमा निर्मला दुलाल आचार्य, महिला समिति अध्यक्षमा अनु शर्मा र युवा समिति अध्यक्षमा राजु परियार निर्वाचित भएका छन् । 

ट्रेड युनियन कांग्रेसको केन्द्रीय महाधिवेशन असार ४,५ र ६ गते काठमाडौमा हुँदैछ । 



नयाँ