arrow

न्यू ग्यालेक्सी एसइई बास्केटबल प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
new Galaxy school.jpg

पोखरा । पोखरामा न्यू ग्यालेक्सी एसइई महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ । ओलम्पिक डे को सन्दर्भमा पोखरास्थित न्यू ग्यालेक्सी माविले प्रतियोगिता आयोजना गरेको हो । 

नेपाल ओलम्पिक कमिटी स्पोर्टस् फर अल कमिसन गण्डकीका अध्यक्ष एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले प्रतियोगिता शुभारम्भ गरे । 

सो अवसरमा अध्यक्ष रानाभाटले प्रतियोगिताबाट नै ओलम्पिक पुग्ने लक्ष्य प्राप्त हुने भन्दै खेलकुदमा अनुशासनको महत्वलाई आत्मसाथ गर्नुपर्ने बताए ।

विद्यालयका प्राचार्य एवं गण्डकी हिसानका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले खेलकुदमा जित-हार भन्दा पनि आफूभित्र रहेको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न र सिक्न आवश्यक रहेको बताए । 

उनले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विगत पाँच वर्षदेखि विद्यालयले प्रतियोगिता सुरु गरेको र यसले राष्ट्रियस्तरका खेलाडी उत्पादनमासमेत सघाउने विश्वास व्यक्त गरे । 

विद्यालयकी संस्थापक अध्यक्ष लक्ष्मी माया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक राजु कायस्थ, सहायक प्रिन्सिपल राजेश भण्डारीलगायतले बोलेका थिए । 

विद्यालयको आफ्नै बास्केटबल कोर्टमा लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता असार १ गतेसम्म सञ्चालन हुने विद्यालयका खेल संयोजक क्या. विर बहादुर गुरुङले जानकारी दिए । 

प्रतियोगितामा म्याग्दी र पर्वतका दुई टिम गरि छात्रतर्फ १० र छात्रातर्फ दुई गरी कुल १२ टिमको सहभागिता छ । 

प्रतियोगितामा उपाधि विजेतालाई नगद १५ हजार र उपविजेतालाई नगद ८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।



नयाँ