arrow

ज्ञवालीले एफपीओ करबारे भने – ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस सरकार’

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
manoj-gyawali-dceo-nabil-bank.jpg

काठमाडौँ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले फर्दर पब्लिक अफरिङ (एफपीओ) बाट आएको प्रिमियममा कर लगाउने व्यवस्थाको विरोध गरेका छन् । 

उनले ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस् सरकार’ भन्दै सरकारलाई सतर्क गराउने उद्धेश्यले विरोध गरेका हुन् । 

यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल बीमक संघ र जीवन बीमक संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एफपीओबाट आएको प्रिमियममा कर लगाउने व्यवस्था स्वीकार्य नहुने बताएका थिए ।

पूँजी योगदानमा कर नलाग्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप नै एफपीओबाट प्राप्त हुने प्रिमियम तथा मर्जर तथा प्राप्तिबाट सिर्जना हुने ‘बार्गेन पर्चेज गेन’ लाई कुनै पनि कानूनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानेर कर लगाउनु आय कर विपरीत हुनेमा जोड दिइएको छ । 

सोही विज्ञप्तिलाई फेसबुकमा शेयर गर्दै ज्ञवालीले  ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस् सरकार’ भनेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ