arrow

भारतलाई कूटनीतिक नोट पठाउन एमालेको माग [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
raghujee-panta-parliament.jpg

काठमाडौँ । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे । 

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ