- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर । सीजी हस्पिटालिटीले नवलपुरको देवचुली मामिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीले दाबी गरेको छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउने छन् ।
साथै, शाश्वतधामका दर्शनार्थीहरूका लागिसमेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने दाबी गरिएको छ ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले भने ।
चौधरीले अगाडि भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्त रुप दिने गरी तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ ।
मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको सीजीले जनाएको छ ।
मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता खास सुविधाहरु पनि रिसोर्टमा छन् ।
यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचि भएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तब्य बन्ने सीजीको दाबी छ ।
मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’ को रूपमा प्रख्यात छ ।
आरामदायी रुपमा बस्न मन पराउने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित छन्।् ।
रमणीय जङ्गल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्दछ ।
रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगन एलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरियन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औँ होल जस्ता विकल्प उपलब्ध रहेको सीजीले जनाएको छ ।
काठमाडौँदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ ।
यो भगवान बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ ।
मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ ।
साथै, निजी हेलिकोप्टरबाट २०–२५ मिनेटमा काठमाडौँबाट मिरायामा अवतरण गर्न सकिन्छ ।
रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू आयोजना गर्न पनि सुसज्जित बनेको छ ।
आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउने सीजीले जानकारी दिएको छ ।
सीजी हस्पिटालिटीका बारेमा
सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तीव्र गतिमा विस्तार भइरहेको एक प्रतिष्ठित आतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्रताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, र्याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुख आतिथ्य ब्रान्डहरू रहेका छन्।् ।
हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत संचालित १५९ ओटा होटलहरु रहेका छन् । जहाँ ८ जार ८६३ कोठाहरु रहेका छन् ।