arrow

रुस–अस्ट्रेलिया विवाद उत्कर्षमा

logo
सिन्ह्वा,
प्रकाशित २०८० जेठ ३२ बिहिबार
russia-new-embassy-building.jpg

सिड्नी। नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अस्ट्रेलियाबिचको विवाद उत्कर्षमा पुगेको छ। अस्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ। नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारि पट्टी नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माण स्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताएका छन्। उनको यो अभिव्यक्तिसँगै रुसी पक्ष कानुनी उपचारको बाटोमा जान लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ