arrow

गाईको मासु बिक्री गर्ने होटल बिस्मिल्लाहलाई कारबाही गर्न माग गर्दै उजुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
beef-meat-thamel-hotel-crime.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले काठमाडौँको ठमेलमा रहेको होटल बिस्मिल्लाहलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको छ। 

अभियानका अध्यक्ष विनय यादवले काठमाड़ौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उप्पध्यायलाई भेट गरी उजुरी बुझाएका हुन् । नेपालको प्रचलित कानून विपरीत बिस्मिल्लाह होटलले खुलेआमा गाईको मासु बिक्री गरेकाले कारबाही गर्न उजुरीमा माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले पत्रसहित उक्त उजुरीमा जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । उजुरीमा होटल बिस्मिल्लाहले दोहोरो अपराध गरेको उल्लेख छ।

 ‘उनीहरूले मेनुमा उपलब्ध वस्तुको रूपमा गाईको मासुलाई सूचीबद्ध गरेका छन्, जसले उनीहरू सक्रिय रूपमा गाईको मासु बिक्रीमा संलग्न छन् भनी प्रमाण दिन्छ’ उजुरीमा भनिएको छ–‘यो नेपालको अधिकार क्षेत्र भित्र गाईको मासु बिक्री गर्न निषेध गर्ने प्रचलित कानूनको प्रत्यक्ष उल्लङ्घन हो ।’

अर्कोतर्फ गाईको मासुको अवैध बिक्रीले कानूनी चिन्ता मात्र नभई बहुसंख्यक नेपाली जनताको सांस्कृतिक र धार्मिक संवेदनशीलता माथिको प्रहार भएको उजुरीमा उल्लेख छ।

 ‘नेपालमा विविधतायुक्त समाज छ, जनसंख्याको एक महत्वपूर्ण भागले गाईको मासुको उपभोगलाई निषेध गर्ने धार्मिक अभ्यासहरू पालन गर्दछन् । होटल बिस्मिल्लाहको कार्य यी सांस्कृतिक र धार्मिक भावनाहरूप्रति अपमानजनक छन् र यसले हाम्रो समुदायमा सामाजिक अशान्ति निम्त्याउने सम्भावना रहन्छ’ उजुरीमा भनिएको छ।

अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित उजुरीमा उक्त विषयमा छानबिन गर्न र होटल बिस्मिल्लाहविरुद्ध उचित कानूनी कारबाही गर्न अनुरोध गरिएको छ।

 ‘होटेल बिस्मिलाहमाथिको कारबाहीले अरूलाई त्यस्ता गैरकानूनी गतिविधिहरूमा संलग्न हुनबाट निरुत्साहित मात्र गर्दैन, हाम्रो समुदायको सदभाव र एकताको रक्षा पनि गर्दछ’ उजुरीमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ