arrow

‘आदिपुरुष’ चलचित्रबाट हटाइयो सीता भारतमा जन्मेको गलत प्रसंग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
adipurus-movie-balen-2080-03-01.jpg

 काठमाडौँ । दक्षिण भारतीय चलचित्र  ‘आदिपुरुष’ मा समावेश गरिएको संवाद  ‘जानकी भारतीय छोरी हुन्’ भन्ने वाक्य हटाइएको छ । सीता नेपालमा जन्मिएको हुँदाहुँदै अहिले आएर चलचित्रमा भारतमा जन्मेको भन्ने देखाइएपछि चौतर्फी आलोचना भएको थियो । 

काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले यो गलत सन्देश नहटाइए काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने निर्णय गरेपछि उक्त प्रसङ्ग निर्माताले हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले लेखेको छ । 

त्यस्तै जुमटीभीइन्टरटेनमेन्टले पनि सोही समाचार लेखेको छ । त्यस्तै इन्डियाटीभी न्यूजले पनि यो समाचार प्राथमिकताका साथ राखेको छ । 

बालेनको चेतावनीपछि उक्त संवाद हटाइएको जनाइएको छ । बालेनले तीन दिनको समय दिएर सच्याउन चेतावनी दिएका थिए । 

निर्माताले सीता भारतमा जन्मेको भन्ने गलत सन्देश हटाएको जनाए पनि सीता नेपालमा जन्मेको भन्ने सन्देश राखेको बारेमा केही उल्लेख गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ