arrow

प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत, बीस दिन जागिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
harikrishna-karki-chief-justice-proposed.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार बिहान कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको हो । 

सुनुवाइ समितिको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले बताए । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको उनले भने । 

समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।

योसँगै कार्कीले बीस दिन सर्वोच्च अदालतमा नेतृत्व सम्हाल्ने छन् । उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रधानन्यायाधीशहरु अनिवार्य अवकाशमा जानुअघि एक महिना घरबिदामा बस्ने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ