- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ ग्रहण आजै हुने भएको छ । उनको शपथ ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संसदीय सुनुवाइ समितिले शुक्रबार बिहान कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।
योसँगै कार्कीले बीस दिन सर्वोच्च अदालतमा नेतृत्व सम्हाल्ने छन् । उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रधानन्यायाधीशहरु अनिवार्य अवकाशमा जानुअघि एक महिना घरबिदामा बस्ने चलन छ ।