- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका-४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध गाँजासहित प्रहरीले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए।