arrow

सुन लुटपाट गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
Lutpat.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन देखाई सक्कली सुन लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १० का ४४ वर्षीय विमल तामाङ र हटौंडा उपमहानगरपालिका वडा नं. २ का ४१ वर्षीय सन्तोष मगर रहेका छन् । 

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार जेठ ५ गते पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोकका मानिसहरुलाई नक्कली सुन देखाएर सक्कली सुन लुटेर तामाङ र मगर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारले खोजी गर्नेक्रममा बिहीबार पोखरा २६ अर्घौंचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट सुनजस्तो देखिने पहेंले धातु, मोवाइल र केही नगद बरामद भएको डिएसपी विकले बताए ।

उनीहरु विरुद्ध ठगी, आपराधिक विश्वास घात र आपराधिक लाभ शीर्षकमा मुद्धामा अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ