arrow

मुकेश र राममायालाई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
mukesh-rammaya-swarna-2080-03-03.jpg

काठमाडौँ । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढाले युथ ओपन फाइभ के रनमा स्वर्णपदक जितेका छन् ।

    एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे । आर्मीकाद्वय श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) दोश्रो तथा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) तेश्रो भए ।

राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड) ले रजत तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) ले कांस्य हात पारे । 

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दशौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामा, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले दौडका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ