arrow

के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
thakur-prasad-gaire-uml-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । 

भारतले पछिल्लो समय आदिपुरे सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे । 

प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे । 

उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एक इन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताए । 

सांसद गैरेले भने, ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत । अहिले कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ । अहिले फेरी यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन । त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिईराखेका छन । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाँही पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एकइन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ ।’

सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरे सिनेमा लेखकले अन्तर्वार्तामार्फत दिएको भन्दै आपत्ति जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ