arrow

नेपाल मङ्गोलियासँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
volleyball team.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । 

कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍यो ।

त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७-२५ ले आफ्नो पक्षमा पा¥यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५-२० ले विजयी भयो । 

उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ ।  जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन्  । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ