arrow

आईसीसी विश्वकप छनोट

नेपालको कमजोर बलिङ, जिम्बाब्वेसँग आठ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
nepal-zimbabwe-2023-06-18a.jpeg

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले कमजोर शुरुआत गरेको छ । जिम्बाब्वेमा शुरु भएको छनोट खेलको पहिलो खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग परा।जत भएको छ । 

हरारे स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । नेपालले कमजोर बलिङ गरेसँगै फराकिलो चुनौती दिएको भए पनि पराजयको सामना गर्नुपरेको हो । 

२९१ रनको चुनौती पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान क्रेग एर्भानले १२८ बलमा अविजित रहँदै १२१ रन बनाए । त्यस्तै सिन विलियम्सले ७० बलमा अविजित रहँदै १०२ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । सन्दीप लामिछाने भने पूरै फ्लप भए । उनले सबैभन्दा बढी रन दिए । उनले ७७ रन दिएका हुन् । 

यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २९० रन बनायो । नेपालको यो एक दिवसीय क्रिकेटमा सर्वाधिक तेस्रो ठूलो योगफल थियो । 

नेपालले उत्कृष्ट शुरुआत गरेको भए पनि मध्यक्रमको ब्याटिङ साझेदारी हुन नसकेपछि २९० रनमै समेटिएको हो । 

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो एक दिवसीयको सबैभन्दा ठूलो साझेदारी हो । 

३१.५ ओभरमा १७१ रन बनाएको भए पनि त्यसपछि खेलाडीहरुबीच राम्रो साझेदारी हुन सकेन । 

कुशल भुर्तेल ९९ रन बनाएर आउट भए । उनले एक दिवसीयमा दोस्रो शतक बनाउन सकेनन् । उनले ९५ बलको सामना गरेका थिए । उनले २ छक्का र १३ चौका हानेका थिए । 

त्यस्तै आसिफ शेखले १०० बलमा ६६ रन बनाए । कुशल मल्लले ४२ बलमा ४१ रन जोडे । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन जोडे । रिचार्ड एनगाराभाले ४ विकेट लिए । 

रोहित जारी विश्वकप छनोटका सबैभन्दा कम उमेरका कप्तान हुन् । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एक दिवसीय विश्वकप छनोटमा खेलेको हो । 
यो नेपालको टेष्ट राष्ट्रसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल पनि हो । तर जितको आधार तय गर्दागर्दैै कमजोर बलिङ र फिल्डिङका कारण सहजै हारको सामना गर्नुपर्यो । 

नेपाल र जिम्बाब्वेले यसअघि एक मात्र ५० ओभरको खेल खेलेको थियो । सन् २०१८ को ४ मार्चमा जिम्बाब्वेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । 

त्यो बेला नेपालसँग एक दिवसीय मान्यता थिएन । उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ