arrow

बैंकर बुद्धि मल्लको ‘सफलता सम्भव छ’ विमोचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
safalta-sambhav-cha-book-.jpg

काठमाडौँ । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को विमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समीक्षा गरेका थिए ।

लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरी विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकारात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, इर्स्या, धैर्य, व्यवहार, एस्म्यमानलगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।

पुस्तकमा उनले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेकादेखि संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एडमण्डण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमककुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनथ जयसूर्या, शेन वार्न, नवोजोद सिंह सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिको जीवनमा भएका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ