काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेँडा (ठूलो) ३३ रुपैयाँ ६० पैसा, ठूलो गोलभेँडा (भारतीय) ४५ रुपैयाँमा रहेको छ ।
जबकि त्यही कालिमाटीमा किसानले भाउ नपाएको भन्दै हजारौँ किलो गोलभेँडा आइतबार सडकमा फालेका थिए । तराई परवर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेँडा १०५ रुपैयाँ रहेको छ ।
यस्तै, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, सखरखण्ड, मालदह आँप र हरियो खुर्सानी ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ९ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
तने बोडी, लोकल परवर र लौका ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३४ रुपैयाँ, चिचिण्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ, झिगूनी ४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
यसैगरी, पाकेको फर्सी ४८ रुपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग १०३ रुपैयाँ ३३ पैसा, मेथी, सौफ र चमसूरको साग १०५ रुपैयाँ, तोरीको साग २७ रुपैयाँ ५० पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, बकूला १५५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ रहेको छ ।