arrow

ढाँट्न नपाइने एजेन्डासहित एमालेमा छिर्ने वामदेवको तयारी [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
oli-bamdev.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहयात्री नेताहरुले समाजवादी मोर्चा घोषणा गर्न लागेको बेला वामदेव गौतम भने शर्तसहित एमालेमा जान चाहिरहेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेमा फर्कन लिखित सर्त राखेर उनी एमालेमा जान चाहेका हुन् । 

एमालेले ७० वर्षे उमेर हद हटाएपछि एमालेमा फर्कन इच्छुक देखिएका गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो कुराकानी गरेका छन् । 

उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित फर्किने सर्त राखेका छन् । नेता गौतमले पार्टीमा आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरी जिम्मेवारी पाउनुपर्ने लिखित दस्तावेज ओलीसमक्ष पेश गरेर फर्केका थिए । 

ओली पनि सकारात्मक रहेको स्रोतले जनाएको छ । उनले दस्तावेजमा कृषिक्रान्ति, कृषिको औद्योगिकीकरण, देशको विद्युतीकरणदेखि जुवातास बन्द गर्ने, आगामी १० वर्षमा नेपालबाट बेरोजगारी समाप्त गर्ने, नागरिकले सरकारका सबै निर्देशन टेर्नुपर्ने, हरेक व्यक्तिले बिहान १ घन्टा, बेलुका १ घन्टा अनिवार्य व्यायाम गर्नुपर्ने, चोरी ठगी गर्न नहुने, ढाँट्न नपाइनेलगायत एजेन्डा अघि सारेका छन् । 

१८७२ को विद्रोहबाट निर्माण भएको पेरिस कम्युनको असफलता पछि कार्ल मार्क्सले निकालेको ‘सर्वहारा वर्गले बनिबनाउ राज्यलाई प्रयोग गरेर आफ्नो मुक्ति प्राप्त गर्न सक्दैन’ भन्ने निष्कर्षका आधारमा लेनिनले विकसित गरेको ‘राज्य र क्रान्ति’ सम्बन्धी सिद्धान्तका आधारमा गरिएको क्रान्तिबाट विकास गरिएको थियो ।

त्यसबेलाको परिस्थितिमा मार्क्सले निकालेको निष्कर्ष र लेनिनले विकास गरेको समाजवाद निर्माण सम्बन्धी सिद्धान्त सही भएकोसमेत ओलीलाई बुझाएको दस्तावेजमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ