- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बजेटका बारेमा मार्गनिर्देश गरेको छ । सोमबार केन्द्रीय कार्यालय वीपीनगरमा आयोजित “स्थानीय तहको वजेट तथा कार्यक्रमको प्राथमिकता” सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसंग जुम बैठक मार्फत मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता रहेको थियो ।
महामन्त्री थापाले नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन –२०७९ मा उल्लेखित भएको सवल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर भन्ने मूल नाराका साथ समावेश भएका विषयहरुः शिक्षा, स्वास्थ्य, प्राकृतिक श्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तीय अनुशासनलगायत विभिन्न विषयहरुमा स्थानीय तहको आगामी बजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
त्यस्तै महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि बीचको सम्बन्ध, नागरिकसंगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रुपान्तरण तथा श्रोतको समुचित व्यवस्थापनका बारेमा आफ्नो विचार राखेका थिए ।
साथै, सूचना, संचार तथा प्रचार विभागका प्रमुख श्री मीन विश्वकर्माले विकास र सुशासन संगसंगै जानु पर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राखे ।
उक्त कार्यक्रमको सहजीकरण प्रताप पौडेलले गरेका थिए ।