arrow

देशको समुन्नति श्रमिकको सास फेर्ने अवस्थाबाट मापन हुन्छ – विश्वप्रकाश शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
bishwaprakash-sharma-2080-03-04.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश समुन्नत छ कि छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फर्ने अवस्था छ कि भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । 

शर्माले श्रमिकले जीवनयापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए । उनले काँग्रेस संस्थापक नेता वीपी कोइरालाले श्रमिकको हकहितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए । उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताए । 

उनले भने, ‘कुनै पनि देश समुन्नत छ कि छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्यभव्य महलहरु छन्, हाइवेहरु छन् एक हिसाबले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला । यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्नेकुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोईरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । वीपी कोइरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशीर्वाद प्राप्त देश हो ।’ 

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ