- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आईसीटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश९एमएनसी० को पनि आयोजना गर्नेछ । कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरु रहेका छन ।
द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।
असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय विज्ञहरुको ४ वटा कि(नोट र मन्त्री रेखा शर्मासंगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय९आइडेन्टिटी० र डिजिटल गभर्नेन्स सम्वन्धि सेसनहरु रहेका छन् ।
कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरशिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु संचालन हुनेछन् ।
कन्क्लेभसँगै शिर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोवाइल वल्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोवाइल कंग्रेसमा पाउनेछन् ।
ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।
मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने् विश्वास ह्वावेको रहेको छ ।
आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि(इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिनेछ ।
कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ ।
यसैगरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिंङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डीसहोम रहेका छन् ।
सहयोगी सस्थाहरुमा एसिया फाउण्डेसन, फ्रोस्ट एण्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्याण्ड, बारकोड, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।