arrow

जगन्नाथ रथयात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
jagannath-yatra-2080.jpg

काठमाडौँ । राजधानीमा मंगलबार जगन्नाथ रथयात्रा निकालिएको छ । कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कोन) ले बूढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट जगन्नाथ, बलदेव, शुभद्राको मूर्तिलाई बाजागाजासहित लैनचौरमा ल्याएको थियो ।

त्यहाँ सिंगारिएको रथमा विराजमान गराएर श्रद्धालुहरूसहित भएर ती मूर्तिलाई नगर परिक्रमा गराइएको छ । विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पुकारिन्छ । 

जगन्नाथलाई भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत मानिन्छ ।

बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडू प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा रहेको छ । 

हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ ।   यस वर्ष आयोजित रथयात्रा नेपालको २७ औँ हो।

jagannath-yatra (1).jpg
jagannath-yatra (2).jpg
jagannath-yatra (3).jpg
jagannath-yatra (4).jpg
jagannath-yatra (5).jpg
jagannath-yatra (6).jpg
jagannath-yatra (7).jpg
jagannath-yatra (8).jpg
jagannath-yatra (9).jpg
jagannath-yatra (10).jpg
jagannath-yatra (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ